२०८१ माघ १३ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका नेता कार्यकर्ता सवैलाई घरमा खाना खाने समस्या ब्याबस्था मिलाउने दावी गरेका छन् । आज पार्टीले राजधानीमा आयोजना गरेको नेकपाको धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका छन ।
नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या हुनेछैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने समस्या अन्त्य गर्नेछौं ,’ “सि” ले भनेका छन, ‘ आउने ३ वर्ष भित्र पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने बनाउनेछौ, हामीले खानका लागि कसैसँग गुहार्न नपर्ने ठाउँमा पुर्याउनेछौ ।’ भन्दै उनले भोलि माघ १४ गते सोमबार राजधानीकै बुढानीलकण्ठमा अर्को व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराएका छन ।
(क्रान्ति)