२०७१ माघ १२ काठमाडौं । नेपाल प्रहरीले १८ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विसका विभागले १८ जना एसएसपीको सरुवा गरेको सुचाना निकालेको छ । प्रहरी कार्यालयले निकालेको सूचना अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन् ।
काठमाडौ जिल्ला परिसरमा विश्व अधिकारी आएका छन् भने अपराध अनुसन्धान कार्यालयमा रमेशकुमार बस्नेतलाई ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे आएका छन् । प्रहरी श्रोत।
(क्रान्ति)