२०८१ माघ १२ काठमाडौ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नेपालको सवै विद्यालय तथा स्थानीय स्तरमै पुगेर क्यान्सरविरुद्धको खोप लगाउने तयारी गरेको छ ।
उक्त अभियान माघ देखि फागुन महिना सम्म देशव्यापी रूपमा १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले सवै जिल्लाका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप पुगिसकेको बुझिएको छ । अब भण्डारण गरिएको खोप गाउँपालिका, वडाकार्यलय, नगरपालिकामा महानगरपालिका सवै ठाउँमा पुर्याउने काम भैईरहेको छ । त्यहाँ जम्मा भएका खोप विद्यालयमा पठाउने काम भैइरहेको छ ।
खोप खरिद गर्न केही प्रतिसत बजेट नेपाल सरकारले ब्यहोरेको छ भने केही प्रतिसत अनुदानमा आएको खोप आएको हो ।
नेपाल सरकारले हरेक वर्ष फागुन महिनालाई क्यान्सर स्क्रिनिङ टेस्ट महिनाको रूपमा मनाउने घोषणा गरिसकेको छ । महिलाको पाठेघरमा लगाईने क्यान्सर बिरुद्धको खोपको नाम एचपिभी खोप रहेको छ । यो खोप लगएपछी महिलाको पाठेघरमा क्यान्सर हुने जोखिम हट्ने बिश्वका वरिष्ठ स्वास्थ्यविदहरुले विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सी बाट बताएका छन ।
(क्रान्ति)