२०८१ माघ ११ काठमाडौं : यो साल जाडो मौसम कात्तीक मंसिर पुस महिनामा खासै पानी परेन । जसको कारण नेपालमा त्यति चिसो बढेन । काठमाडौ उपत्यकामा त पानीनै परेन। चिसो धेरै नबढेको कारण कति नागरिकत जाडो मौसम कात्तिक, मंसिर, पुसमा समेत सामान्य पातलो सर्ट पाईन्ट लगाएरै सडकमा हिडेका देखिन्थे ।
नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम बिभागले जनाएको छ । अब गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम बिभागको अनुमान छ । साथै तराइका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमस त्यो हराउँदै जाने मौसमविदको अनुमान रहेको छ ।
पृथ्वीमा मानिसको लागि चाहिने विभिन्न सामाग्री बनाउन बनाईएका औद्योगिक कलकारखाना, सवारी साधन, आणविक भट्टीमा प्रयोग गरिने ईन्धन पेट्रोल डिजेल मट्टीतेलबाट निस्कने कार्बानडाईअक्साईटको मात्र धेरै र मानिसको जनसंख्या बढेर बन जंगल धेरै फडानी गरेर मानव बस्ती बसेको कारण पृथ्वीको तापक्रम बढेको मौसमविदको अनुमान रहेको छ ।
(क्रान्ति)