२०८१ माघ ६ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) लाई चुनाव चिन्ह के लिने ? भन्ने पत्रकारको जिज्ञासा्मा आलु चिन्ह राख्न र लिन सुझाव आईरहेको बताएका छन ।

चुनाव चिन्ह आलु राख्न पनि प्रस्ताव आइरहेको छ । नेकपाले सामूहिक खेती गरेर थुप्रै आलु उत्पादन गरेको र सबै जनताको घरघरमा आलु पाक्ने भएकाले उक्त चुनाव चिन्हका लागि प्रस्ताव आएको विप्लवले बताए हास्दै भनेका छन ।

चन्दले रमाइला रमाइला सुझावहरु पनि छन्  भने । एउटा कमरेडले के भन्नुभयो भने धेरै आलु खेती गरेको हुनाले आलु राखौं दाइ पनि भन्नुभयो । सबैले चिन्छन्, भान्सा–भान्सामा पाक्छ पनि भन्नुभएको छ । तर, फेरि आलु भनेपछि कस्तो हुन्छ भन्ने पनि हो । जनताले चिन्ने, सजिलै बुझ्ने चिन्ह हामी लिन्छौं,’– उनले भनेका छन ।

उक्त आलु चिन्ह बारे हेमन्त खवरले विशेष सूचना मार्फत पाएको हो। आलु चिन्हको अर्थ के भन्ने पत्रकारको जवाफमा बिप्लव कम्युनिस्ट पार्टीका एक सदस्यले नेपालको बर्तमान राजनीति आलू जस्तै देखिएकोले आलु चिन्ह राख्ने सुझाव गरेको बताए। (क्रान्ति)