२०८१ माघ ६ काठमाडौ । “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कुनै खास किसिमका फौजदारी मुद्दाको कारबाही र किनारा गर्न कानून बमोजिम अधिकारप्राप्त अदालत, अन्य न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ ।
(ख) “आश्रय दिने” भन्नाले कुनै व्यक्तिलाई खान, पिउन, बस्न, नगदी, जिन्सी, लत्ता कपडा, हातहतियार वा सवारीको साधन दिने वा पक्राउबाट बच्न वा अन्य सहायता दिने काम सम्झनु पर्छ ।
(ग) “कसूर” भन्नाले यस संहिता वा कानून बमोजिम सजाय हुने काम सम्झनु पर्छ ।
(घ) “कानून” भन्नाले तत्काल प्रचलित कानून सम्झनु पर्छ ।
(ङ) “काम” भन्नाले कामहरुको समूह सम्झनु पर्छ र सो शब्दले कानून बमोजिम गर्नु पर्नेमा नगरेको वा गर्न नहुनेमा गरेको काम समेतलाई जनाउँछ ।
(च) “गम्भीर कसूर” भन्नाले तीन वर्षभन्दा बढी दश वर्षसम्म कैद सजाय हुने कसूर सम्झनु पर्छ ।
(छ) “जघन्य कसूर” भन्नाले जन्मकैद वा दश वर्षभन्दा बढी कैद सजाय हुने कसूर सम्झनु पर्छ ।
(ज) “ज्यान” भन्नाले मानिसको ज्यान सम्झनु पर्छ ।
(झ) “न्यायाधीश” भन्नाले मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अदालतको अधिकारी सम्झनु पर्छ र सो शब्दले कुनै खास किसिमका फौजदारी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारप्राप्त अधिकारी समेतलाई जनाउँछ ।
(ञ) “राष्ट्रसेवक” भन्नाले देहायको कुनै व्यक्ति सम्झनु पर्छ ।
(क्रान्ति)