२०८१ माघ ५ काठमाडौ । मनमोहन अधिकारी  नेपालका पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए । उनी दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए । वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए।

कम्युनिस्ट नेत्ता मनमोहन अधिकारी नेपालमा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको जग बसाल्ने एक नेत्तामा चिनिन्छन । उनकै पालामा नेपालमा जेष्ठ नागरिकलाई बृद्ध भत्ता दिने नितिनियम बनेर कार्यन्वयन समेत भएको थियो। उनको पालामा सुरु भएको समाजिक सुरक्षा भत्ता दिने नियम आज सम्म कायम छ । सामाजिक सुरक्षा भत्ता दिने नियमको कारण मनमोहन अधिकारीलाई नेपाली जनताले श्रदाको भावले हेर्दछन । अधिकारी एमाले भएकोले नेपालमा सामाजिक सुरक्षा भत्ता दिने जस एमाले पार्टीलाई जान्छ ।

( क्रान्ति )