२०८१ माघ ४ काठमाडौं । काठमाडौको कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमै दुर्व्यवहार भएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई आरोप लागेको छ ।

स्वतन्त्र पार्टीका कार्यकर्ताले त्रिपाठी माथी आक्रमण गरेको, दुर्व्यवहार गरेको समाचार सार्वजनिक भए सगै राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालमा राणा शासन लादन खोजेको, व्यक्तिको वाक स्वतन्त्रता खोस्न खोजेको, वकिलले कानुन संगत बहस पैरवी गर्न पाउने अधिकार हरण गर्न खोजेको भन्दै कानुनका विद्यार्थी देखि बौद्धिक समाज, राजनितीज्ञहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको बिरोध र भत्सर्ना गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथी भएको घटना स्वतन्त्र पार्टीको संलग्नता नरहेको बिज्ञप्ती निकालेको छ ।

आक्रमण र दुर्व्यवहारको घटना घटाउने व्यक्तिलाई कानुनी कारवाही गर्न अनुरोध गर्दै रास्वपाले प्रेस बिज्ञप्ती जारी गरेको छ । हातपात र दुर्व्यवहारमा संलग्न व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भए पार्टीले पार्टीको बिधान बमोजिम कारबाही गर्ने र घटना घटाउने कार्यमा संलग्न जो कोही व्यक्ति भए पनि कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकाय सग अपिल गरेको छ । हामी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक हौं भन्दै त्रिपाठीलाई अदालत परिसरमै लछारपछार गरेका हुन् ।

दिनेश त्रिपाठीले बताए अनुसार, रवी लामिछाने पक्षका वकिलको बहस सकिएपछि उनले प्रमाण नष्ट हुनसक्ने सम्भावना रहेको भन्दै रवी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । पीडितहरु आवाजविहीन छन्, पीडकहरु शक्ति सम्पन्न छन् । हिजो पनि यो मामलामा प्रमाण मेटाएकै हुन्’, वकिल दिनेश त्रीपाठीले बहसमा भनेका थिए, ‘शक्तिमा छँदा अनुसन्धान प्रक्रिया रोकिएको थियो, अधिकृतहरु सरुवामा परेका थिए । यस्तोमा भोलि पीडितले न्याय पाउँछन् भन्ने ग्यारेन्टी छैन, थुनामा राख्नुपर्छ ।’ भन्ने वाक स्वतन्त्रता व्यक्त गरेका थिए ।

बहस सकेर काठमाडौ जिल्ला अदालतको इजलासबाट निस्किने वित्तिकै उनलाई सुरुमा युट्युबरहरुले घेरेका थिए । बहसबारे पत्रकारहरुले सोधेपछि दिनेस त्रिपाठीले केही बोल्न खोज्ने क्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ र’ भन्दै रवी लामिछानेको समर्थनमा काठमाडौ जिल्ला अदालत परिसरमा उपस्थित भएका केही भिडमा रहेका केही उत्सृखल भिडले त्रिपाठी माथी दुर्व्यवहार गरेका थिए । (क्रान्ति)