२०८१ पुस २८ सिन्धुली । सिन्धुली जिल्ला कमलामाई ४ सातपत्रे स्थित सुर्य बहादुर थापाको करिब ४ बिगाहा जग्गा मासिक ६०हजार भाडामा लिएर नेपाललाई फलफुल खाद्यान्नमा आत्मनिर्भर बनाऔं भन्दै राष्ट्रियताको पक्षमा आवाज उठाउने बैज्ञानिक समाजवादी सोच चिन्तन बोकेका सदस्यले बैज्ञानिक ढंगले फलफुल खेती गर्ने तयारी स्वरुप भुईकटर एपोगार्डको बिरुवा रोपेका छन ।

उक्त अभियान बैज्ञानिक समाजवादी मोडल अनुसारको रहेको कृषक “सि” ले बताएका छन ।
उक्त सि फलफुल फर्म हाउसमा केरा, रुखकटहर , लिची, भुईकटहर, एपोगार्ड, आप, आटी, मरिच र विभिन्न घासे बाली अन्तरगत अम्रीसो, टाकी बास, कुटमिरो, खसरेटोको बिरुवा रहेको फलफुल फर्म हाउसका सदस्य “सि” ले जनाएका छन ।

कृषि फर्मलाई सिन्धुली जिल्लाकै उत्कृष्ट बनाउने लक्ष्य रहेको फर्म हाउस संचालक “सि” ले जनाएका छन । फर्म हाउसमा जग्गा धनी सुर्य बहादुर थापा, क्रान्ति, भुवन लगाएत सेयर सदस्य रहेको फर्म हाउसका हरि “सि” बताउछन ।

हाल उक्त जमिनमा पूरा फलफुलको बिरुवा हाल्न नसकिएको हुदा धान मकै कोदो गहु, तोरी, खेती गरिएको कृषि फर्म संचालक “सि” बताउछन् । हाल पूरा ४ बिगाहा जमिनमा १ पक्की घर २ काठको घरमा एक परिवार रहेका छन । कृषि फर्ममा भएका विभिन्न जातको घाँस, धानको पराल,मकैको ढोड खर बेचेर भाडामा लिएको २ बर्षमा ५ लाख भन्दा धेरै आम्दानी गर्न सफल भएको र घान दुई सय पचास मुरी उत्पादन गर्न सफल भएको फर्म संचालक “सि” ले जानकारी दिए ।