२०७१ कात्तिक २२ काठमाडौं । आज बजारमा भएको सुनको कारोबार एकैदिन प्रतितोला ४ हजार घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । हिजो दिन सुनको प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । हिजोको दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी आजको दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको सुनचाँदी ब्याबसायीले जनाएको छ । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा पनि दैनिक रुपमा सुनचाँदीको मूल्य समायोजन हुने नियम रहेको छ ।