२०८१ बैसाख २६ काठमाडौ । सिन्धुली- सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशीको खुर्कोट टु मरिण डाईभर्सन आज एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।

प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका- २ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको हो ।

नेपाल राष्ट्रिय गौरवको आयोजना भित्र पर्ने सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी- ७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ।

यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर आयोजना प्रमुखले जनाएका छन् ।

डाईभर्सन खन्ने र पूरा गर्ने काम अनुमान गरेको भन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थु्र गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुखले जानकारी दिए।

डाईभर्सन खन्न सुरु गरेको १९ महिनामा सुरुङ ब्रेक थ्रु गरिएको आयोजना प्रमुखले बताएका छन् ।