२०८० फागुन २८ काठमाडौ । आज फागुन २८ गते विशेष गरि शेर्पा समुदायको ग्याल्पो ल्होसार हो । ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा राष्ट्रपती रामचन्द्र पौडेलले शुभकामना दिएका छन ।

राष्ट्रपतीको कार्यलयबाट जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ ´ग्याल्पो ल्होसार पर्वले हामी नेपाली बिचको एकतालाई अझ सदृढ गर्दै आर्थिक सामाजिक रुपले समृद्ध मुलुक निर्माण गर्नको लागि अधि बढन सवैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।`