२०८० फागुन २७ काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव भन्दा अघि नेपाली काङ्ग्रेसले गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन् ।

आज ललितपुरको गोदावरी नगरपालिकाको ८औं स्थापना दिवसको अवसरमा बोल्दै उनले भनेका छन नेताहरु मिलेर चुनावमा जाने प्रचलन अब अन्त्य हुने आशा व्यक्त गरेका छन ।

नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्टीकरण गरेको, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको जस्ता भनाई व्यक्त गरेका छन् । चुनाव भन्दा अघि नेपाली काङ्ग्रेसले गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन’ उनले भनेका छन् ।