२०८० फागुन २७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज २२.१० विन्दुले बढेर २०५२.६५ अंकमा बन्द भएको छ । सेयर कारोबार २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ ।
बर्षमान पुन अर्थमन्त्रीमा पुन नियुक्ति भएपछि आज सम्म २ दिन सेयर कारोबार भएको छ भने सेयर बजार नेप्से २ दिनमा ३५.६१ अकंले प्लस भएको छ । अर्थमन्त्रीमा बर्षमान पुन नियुक्ति भएको पहिलो दिनको कारोबारमा १३.५१ अकंले र आज दोस्रो दिनमा २२.१० अकंले प्लस भएको छ ।

”यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश तथा नेपालको आर्थिक अवस्थालाई जुनसुकै दृष्टिकोणबाट हेर्दा नेपालको सेयर बजार नेप्से घट्नु पर्ने कुनै आधार कारण परिस्थिति देखिन्न ।”