२०८० फागुन २६ काठमाडौं । प्रभू बैंक लिमिटेडले सुरुमा आफ्नो बैंकका संस्थापक सेयर धनिको लागि मात्रै बिक्री खुल्ला गरेको संस्थापक सेयर संस्थापक सेयर धनिहरुलेनै किन्न आवेदन नदिएको कारण संस्थापक सेयर धनीहरुको नाममा रहेको ८४ हजार १४४ कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको प्रभु बैंक श्रोतले जनाएको छ ।
अब सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले प्रभु बैंकको संस्थापक सेयरमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले २०८० फागुन २५ गते शुक्रवार देखि १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन ।
बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा संस्थापक सेयर धनिको आवेदन नपरेको हुनाले बैंकले संस्थापक सेयर धनी सहित अन्य सेयर लगानीकर्ताले १५ दिन भित्र खरिद आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।
प्रभू बैंकको संस्थापक सेयर संस्थापक सेयर धनिहरुले किन्न नरुचाउनुको कारण: बैंकका वरिष्ठ डेपुटी सिईओ सहित कर्मचारीहरु भ्रष्टाचार काण्डमा पक्राउ पर्नु, बैंकले सेयर धनिलाई नाफा नदिनु, वरिष्ठ कर्मचारी, संचालक टिमले आफुखुसी मनोमानी ढंगले बैंक संचालन गर्न खोज्नु, बैंकका सेयर धनिलाई बेवास्ता गर्नु, बैंकको खराव कर्जा बढनु, सेयर बजारमा प्रभू बैंकको सेयर मुल्य बुकभ्यालू भन्दा तलको रेन्जमा कारोबार हुनु रहेको बैंकका सेयर धनिहरु बताउछन् । प्रभू बैंकले बिक्रीको लागी सर्वसाधारणहरुलाई खुल्ला गरेको संस्थापक सेयरको मूल्य भने तोकेको छैन् ।