२०८० फागुन २४ काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरे लगत्तै अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थतन्त्रका समस्या बारे आफू पुर्ण जानकार रहेको र समस्या समाधानका लागि आफू सक्दो लागिपर्ने बताएका छन ।

‘अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई भएको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । सहज नभएपनि विगतका आफ्ना अनुभव र शिक्षाका आधारमा काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ’ मन्त्री बर्षमान पुनले बताए । आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो काम गरे देखाउने` बताए ।