२०८० फागुन २२ काठमाडौ । WhatsApp को प्रोफाइलमा वरिष्ठ प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी विभिन्न किसिमको डर त्रास देखाई १२,८०,०००।- ठगी गरेको अभियोगमा ३ जना पक्राउ गरेको प्रहरी श्रोतले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला मेची नगरपालिका वडा नम्बर ६ बस्ने सम्भु प्रसाद मैनालीको छोरा बर्ष २६ को सविन मैनाली , ऎ. ऎ. को वडा नम्बर १० बस्ने इन्द्रप्रसाद मैनालीको छोरा बर्ष २७ को शुभम मैनाली र सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नम्बर ३ बस्ने मीन बहादुर बराईलीको छोरी बर्ष १९ कि आषिका बराईली रहेको प्रहरीले फागुन २१ गते प्रेस बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।