२०८० फागुन २२ काठमाडौं । हिजो प्रधानमन्त्री पुस्पकमल दाहाल “प्रचण्ड” ले सवै मन्त्रीहरुलाई पदमुक्त गरेर नंया तीन मन्त्री नियुक्ति गरेपछी नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
आज मंगलबार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिएका छन ।
नेपाली काङ्ग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्नु भन्दा एक दिन अगाडि हिजोनै प्रधानमन्त्री पुस्पकमल दाहाल “प्रचण्ड” ले काङ्ग्रेसका सहित मन्त्रीमण्डलमा सहभागी सवै मन्त्रीहरुलाई पदमुक्त गरिदिएका थिए ।