२०८० फागुन २२ काठमाडौं । सेयर बजार नेप्से सूचक ७०.३१ अकंले घटेर २००७.६९ विन्दुमा झरेको छ । सेयर कारोबार रकम ४ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज सेयर बजार खुल्दा बढेको थियो । सेयर बजार नेप्से करिबकरिब ३२सय आसपास पुगेर निरन्तर बजार घटिरहेको अबस्थामा हिजो सेयर लगानीकर्ताले केही राहतको सास फेर्न पाएका थिए ।
बैंक ब्याजदर घटेपछि सेयर बजार नेप्से बढ्छ भनेर विश्लेषण गर्ने सेयर बिश्लेषक तीन छक्क परेका छन भने सेयर बजार बिश्लेषक सहित सेयर लगानीकर्ता यतिबेला ´रनभुल्ल` परेका देखिन्छन् ।
“आज सम्म सवैभन्दा धेरै गिरावट बाणिज्य बैंकिङ्ग सेक्टरमा देखिएको छ । बाणिज्य बैंकिङ्ग सेक्टरका केही बाणिज्य बैंकको सेयर मुल्य बुक भ्यालु भन्दा तल आएको छ ।
सरकारमा राम्रो अर्थमन्त्री आउने आसमा हिजो नेप्से बढेको सेयर लगानीकर्ता बताउछन् । आज सरकार गठनमा ढिलाई भएको कारण नेप्से घटेको सेयर लगानीकर्ताको भनाई रहेको सुनिन्छ । यद्यपि सेयर बजार घट्नुपर्ने कुनै पनि आधार कारण परिस्थिति देखिन्न ।”