२०८० फागुन २१ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पुरानो गठबन्धनका काँग्रेससहित मन्त्रीमण्डलमा सहभागी सबै मन्त्रीहरुलाई आज पदमुक्त गरेका छन् । कांग्रेसँगको सहकार्य तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहितको नयाँ सत्ता गठबन्धन बनाएर पुराना सत्ता गठबन्धनका सबै मन्त्रीलाई पदमुक्त गरेका छन् । सवै मन्त्रीहरुलाई पदमुक्त गरे सगै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सवै मन्त्रीलाई पदमुक्त गरे सगै आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नेकपा एमालेको तर्फबाट पदम गिरी, नेकपा माओवादी केन्द्रको तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डोलप्रसाद अर्यालले जिम्मेवारी पछि तोकीने गरी विनाविभागीय मन्त्रीको शपथ ग्रहण समेत गरेका छन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ गराएका हुन् ।