२०८० फागुन २१ काठमाडौं । सेयर बजार नेप्से सूचक ११७.७० अकंले बढेर २०७८ विन्दुमा उक्लिएको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज सेयर बजार खुल्ले बित्तिकै सर्किट लागेर बढेर बढेको थियो। लगातार ३ सर्किट लागेर बढेपछि आजको लागि कारोबार बन्द भएको थियो ।सेयर बजार नेप्से करिबकरिब ३२सय आसपास पुगेर निरन्तर बजार घटिरहेको अबस्थामा आज सेयर लगानीकर्ताले केही राहतको सास फेर्न पाएका छन् ।

बैंक ब्याजदर घटेपछि सेयर बजार नेप्से बढ्छ भनेर विश्लेषण गर्ने सेयर बिश्लेषक तीन छक्क परेका छन भने सेयर बजार बिश्लेषक सहित सेयर लगानीकर्ता यतिबेला ´रनभुल्ल` परेको थिए ।

“आज सम्म सवैभन्दा धेरै गिरावट बाणिज्य बैंकिङ्ग सेक्टरमा देखिएको छ । बाणिज्य बैंकिङ्ग सेक्टरका केही बाणिज्य बैंकको सेयर मुल्य बुक भ्यालु भन्दा तल आएको छ । सेयर बजार नेप्से निरन्तर घटिरहेको परिवेशमा आज शरकार परिबर्तन हुने भन्ने समाचार मसला बनेर नेप्से बढेको भनाई छ। सेयर लगानीकर्ता अत्तालिएर के गर्ने कसो गर्ने अबस्थामा रनभुल्ल परेको अवस्थामा आज नेप्से बढेर केही मात्रामा सान्तिको सास फेर्न पाएका छन ।
बजार घट्नुपर्ने कुनै आधार कारण परिस्थिति देखिन्न ।”