२०८० फागुन २० काठमाडौ । सामाजिक संजालको प्रयोग गरी फेक एकाउन्ट मार्फत रकम माग गर्नुको साथै जाम जाम ईलेक्ट्रोनिक्स नामक फेक फेसबुक पेजहरुमा विभिन्न महँगो मुल्यका मोबाइल सस्तोमा उपलब्ध गराईदिने, अमेरिका लगाएत देशहरुबाट पार्सल स्वरुप विभिन्न सामनहरु पठाईदिएका छौं भनी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोगको लागि रकम पठाउन लगाउने र आकर्षक तलब सुविधामा बिदेश पठाईदिन्छौ भन्ने जस्ता प्रलोभनहरु देखाई नेपालमा रहेका विभिन्न व्यक्तिहरुको बैंक खातामा रकम पठाउन लगाई ४९लाख ५८हजार ८सय बराबरको रकम ठगी गर्ने व्यक्ति पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।