२०८० फागुन २० काठमाडौ । सवै नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गर भन्दै काठमाडौको माईतिघरमा डाक्टर गोबिन्द केसी सहितको टिम द्वारा सुरु गरिएको शान्तिपुर्ण प्रदर्शन जारी रहेको छ । उक्त अभियानलाई शिक्षक, कलाकार, समाजसेवी, उद्योगी ब्यापारी, वकिल, पत्रकार, बुद्दिजिवी, कर्मचारीहरुको नैतिक समर्थन रहेको छ ।

उक्त अभियान: मानवताबादको पक्षमा बिगत ३० बर्ष देखि निरन्तर आन्दोलनमा लागेका वरिष्ठ कानुनवीद तथा अधिवक्ता भुवनेश्वर थापा, निष्ठाको राजनिती गर्ने डा.गोविन्द केसी सहितको टिम द्वारा सवै नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गराउने अभियान सुरु गरिएको हो ।

अभियानमा वरिष्ठ कानुनवीद तथा अधिवक्ता: भुबनेश्वर थापा, पुर्व जिल्ला न्यायाधीश तथा वकिल: कृष्ण प्रसाद पौडेल, विभिन्न पेशामा आवद्ध बैंकर तथा समाजसेवी: श्याम के.सी,कलाकार, पत्रकार, शिक्षक लगाएतको सहभागीता रहेको छ ।