२०८० फागुन २० काठमाडौ । सामाजिक संजालको प्रयोग गरी नाबलिकाले पोस्ट गरेको फोटो डाउनलोड गरेर फेक आईडी बनाएर उक्त फोटो प्रयोग गरि अश्लील क्याप्सन लेख्ने र अश्लील भिडियो बनाएर नाबालिकको आफन्तको म्यासेन्जरमा पठाए दु:ख हैरानी दिनुको साथै चरीत्र हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक जिल्ला सागाचोकगढी नगरपालिका ६ घर भई काठमाडौ गल्फुपाखा २६ बस्ने बर्ष २२ का सुमन खत्रीलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको साईबर ब्युरोले प्रेस बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।