२०८० फागुन २० काठमाडौ । कलाकार पवन खतिवडा ´माकुरी` लाई कुटपिट गरेको उजुरीको आधारमा कुटपिट र अंगभंग अभियोगमा महाराजगन्ज प्रहरी हिरासतमा रहेकी युवट्युबर शर्मिला वाईबालाई आज फागुन २० गते काठमाडौ जिल्ला अदालतमा महाराजगन्ज प्रहरीले म्याद थपको लागि पेश गरेको छ ।

काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश दिनबन्धु बरालको इजलास नम्बर २१ का म्याद थपको लागि प्रहरीले पेश गरेकोमा ५ (पाँच) दिन हिरासतमै राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।