२०८० फागुन २० काठमाडौं । सेयर बजार नेप्से सूचक ११.७८ अकंले झरेर १९६०.३० विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर बजार नेप्से करिबकरिब ३२सय आसपास पुगेर निरन्तर बजार घटेर १९६०.३० बिन्दुमा आईपुगेको छ ।

बैंक ब्याजदर घटेपछि सेयर बजार नेप्से बढ्छ भनेर विश्लेषण गर्ने सेयर बिश्लेषक तीन छक्क परेका छन भने सेयर बजार बिश्लेषक सहित सेयर लगानीकर्ता यतिबेला ´रनभुल्ल` परेको देखिन्छन् ।

“आज सम्म सवैभन्दा धेरै गिरावट बाणिज्य बैंकिङ्ग सेक्टरमा देखिएको छ । बाणिज्य बैंकिङ्ग सेक्टरका केही बाणिज्य बैंकको सेयर मुल्य बुक भ्यालु भन्दा तल आएको छ । बजार घट्नुपर्ने कुनै आधार कारण परिस्थिति देखिन्न ।”