२०८० फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थाहरुको २०८१ सालमा हुने सार्वजनिक बिदा सार्वजनिक गरेको छ । २०८१ को कार्यालय समय र बैंकिङ कारोबार समय पनि सार्वजनिक गरेको छ । बिदा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोेकेको सुची सार्वजनिक गरेको छ ।