२०८० फागुन १९ काठमाडौ । मानवताबादको पक्षमा बिगत ३० बर्ष देखि निरन्तर आन्दोलनमा लागेका वरिष्ठ कानुनवीद तथा अधिवक्ता भुवनेश्वर थापा, निष्ठाको राजनिती गर्ने डा.गोविन्द केसी सहितको टिम द्वारा सवै नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गराउने अभियान जारी राखेका छन ।

उक्त अभियानमा वरिष्ठ कानुनवीद तथा अधिवक्ता: भुबनेश्वर थापा, पुर्व जिल्ला न्यायाधीश तथा वकिल: कृष्ण प्रसाद पौडेल, विभिन्न पेशामा आवद्ध बैंकर तथा समाजसेवी: श्याम के.सी,कलाकार, पत्रकार, शिक्षक लगाएतको सहभागीता रहेको छ ।

अभियानमा ´सवै नेपालीहरुलाई निशुल्क औषधि उपचारको व्यवस्था गर !, ससस्त्र द्वन्द्वका पिडितलाई न्याय पिडकलाई सजाय !, निषेधित लोकतन्त्र चाहिदैन, लोकतन्त्र जिन्दावाद !, सत्ता तिम्रो हो भने सडक मेरो हो ! , माईतिघरको निषेधआज्ञा तत्काल फिर्ता गर !, Justice Aarti Sah जस्ता नारा र माग लेखिएका प्लेकार्ड प्रदर्शन भएका छन ।