२०८० फागुन १८ काठमाडौं । निजी क्षेत्रले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै बैंकरहरु पक्राउ गरेको प्रति आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकर पक्राउप्रति आपत्ति जनाएका छन ।

कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा तत्कालीन सेन्चुरी बैंकमा रहदा ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीइओ मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम लगायत १० जनालाई नेपाल प्रहरीको सिआइबीले अनुसन्धानको लागी पक्राउ गरेको थियो ।

बैंक तथा बितिय संस्थाका निजी क्षेत्रका संस्थाहरुले संयुक्त रुपले बिज्ञप्ति जारी गर्दै उल्लेख गरेक छन, विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंकरहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजेको उनीहरुले आरोप लगाएका छन् ।

घटनामा प्रत्यक्ष रुपले संलग्न नभएकाहरुलाई समेत पक्राउ गरेर बैंकरहरुको कार्यदक्षतामा आँच पुर्याएकोले, बैंकरहरुको मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न सक्ने बिज्ञप्तीमा उल्लेख गरेका छन ।