२०८० फागुन १४ काठमाडौं । केही ब्यक्ति समूहले बाणिज्य बैंकमा निक्षेप डुब्छ, बैंकहरु खराव अबस्थामा रहेको जस्ता अभिव्यक्ति सार्वजनिक रुपमा दिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खण्डन गर्दै नेपालका बैंक डुब्ने अवस्थामा नरहेको बताएका छन् ।

बैंकर्स संघले आज सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन् । ´राष्ट्र बैंकले निक्षेपकर्ताको पैसा डुब्न दिँदैन । राष्ट्र बैंकको नीतिगत कडाइका कारणले बैंकहरुमा समस्या आउँदैन ।` जस्ता भनाई व्यक्त गरेका छन ।