२०८० फागुन १३ काठमाडौं । नेपाल सरकार स्वास्थ मन्त्रालयले आज फागुन १३ बाट सरुवा रोग दादुरा-रुबेलाको संक्रमण लाई नियन्त्रण गर्न प्रभावित क्षेत्र जाजरकोट र पश्चिमरुकुम सहित ७५ जिल्लामा खोप अभियान सञ्चालन सुरु गरेको छ । यो अभियान चैत ७ गतेसम्म चल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतसँग सीमा जोडिएका जिल्लाहरु सहित दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्ला र काठमाडौं उपत्यकाका सहित २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने जनाएको छ ।