२०८० फागुन १२ काठमाडौ । “नेपालको सेयर बजार नेप्से करिबकरिब ३२०० पुगेपछि बियरिस ट्रेनमा गएको करिब दुई बर्ष भैईसकेको छ । ३२०० पुगेर घटेको नेप्से १८०० आसपास आएको छ । यो अबस्थामा आउँदा दुईचार सय अकंले कहिले तल, कहिले माथी गरिरहेको देखिन्छ । १८०० नेप्सेको दायाँबायाँ नेप्से तलमाथि गरेको करिबकरिब १ बर्ष हुन आटेको देखिन्छ । ३२०० बाट १८०० सयमा नेप्से झर्दा सेयर लगानीकर्ताले खर्वौखर्व गुमाईसकेका छन । ३२०० नेप्से हुँदा सेयर किनेर नबेची आजको दिन सम्म होल्ड गर्ने सेयर लगानीकर्ताहरुको सवैतिरबाट अध्यन अनुसन्धान विश्लेषण गर्दा समग्रमा ६५% (पैसठ्ठी प्रतिसत) माथि नोक्सानी भएको देखिन्छ । यो भनेको ३२०० नेप्से हुँदा कोहि कसैले ५०० हालेर किनेको सेयर ५००%६५=३२५ माईनस हुनु हो । अर्थात ३२०० नेप्से हुँदाको दिनमा कुनै कम्पनीको सेयर ५०० मा किनेको सेयर आजको दिनमा बेच्दा १७५ को आसपास बिक्छ । यो अत्यन्तै दु:खद कुरा हो । लगानीकर्ताको घाटा सेयर लगानीकर्ताको मात्रै होईन । राज्यलाई समेत घाटा हुनु हो । सेयर बजारमा लगानी गर्ने रकम बैंकमा राखेको भए कमसेकम सावाँमा १०% ब्याज प्लस भएर आउनेथियो । तर लगानीकर्ताले ब्याजको त कुरै नगरौं सावाँमानै ६५ प्रतिसत भन्दा माथी नोक्सानी ब्यहोर्न बाध्य भएको देखिन्छ ।”

“लगानीकर्ताले भारी मात्रामा नोक्सानी ब्यहोर्दा सम्बन्धित निमायक निकाय राष्ट्र बैंक, नेप्से, सेवोन र अर्थमन्त्रालय भने चुपचाप मौन बसेका देखिन्छन् । निमायक निकायको काम बजार घट्दा बजार घटनबाट जोगिन विभिन्न अस्त्र उपाय ल्याउनु पर्ने धर्म हो । तर बजार घटाउन सहयोग पुग्ने तरिकाले बजारको क्षमता भन्दा धेरै आईपिओ एफपिओ राईट सेयर जारी गरेर बजारमा भारी बोकाउने काम गरेको देखिन्छ । निमायक निकाय अर्थमन्त्रालय, राष्ट्र बैंक, नेप्से र सेवोनले बजारको क्षमता अध्यन नगरी बजारको क्षमता भन्दा बढी नंया तथा पुराना कम्पनीहरुलाई आईपिओ, एफपिओ राईट जस्ता सेयर दोस्रो बजारमा लिस्टिङ्ग गर्ने अनुमति दिने कार्यले सेयर बजार नेप्से घट्न सहयोग पुगिरहेको आम सेयर लगानीकर्ताहरुले विश्लेषण गरीरहेका छन ।”

“यतिबेला सेयर बजार नेप्से घट्ने कुनै आधार कारण परिस्थिति नदेखीए पनि सेयर लगानीकर्ता किन डराएका छन ? खास कारण पत्ता लागेको छैन । सेयर लगानीकर्ता ‘पर्ख र हेर’ कै रणनीतिमा रहेको केही लगानीकर्ताले बताउने गरेको देखिन्छन् । बैंक ब्याजदर घटनु, बिदेशी मुन्द्रा संचितिदर बढ्नु, तरलता बढ्नु, ७२ सालको भुकम्पबाट पुगेको भौत्तिक संरचनको क्षेती पुननिर्माण हुनु र कोभिडबाट भएको आर्थिकक्षेती पुर्ताल हुनु, आर्थीक अवस्था सकारात्मक लयमा हुनु, गभर्नरको विशेष सम्बोधनमा नेपालको अर्थतन्त्र निक्कै सुधार हुँदै गैईरहेको उल्लेख हुनु, बर्तमान अर्थमन्त्रीले नेपालको आर्थिक वृद्धिदर धेरै राम्रो बनाउन आफुले ठूलो योगदान गरेको अभिव्यक्ति सार्वजनिक रुपले व्यक्त गर्नु, नेपालको गरिवीदर घटेको रिपोर्ट सार्वजनिक हुनु, अन्तर्राष्ट्रिय बजारमा सेयर बजार निरन्तर बढ्नु, छिमेकी मुलुक भारतमा समेत सेयर बजार बढ्नु, चिनमा सेयर बजारको गिरावट रोक्न चीन सरकारले ठूलो पुजी सेयरमा लगानी गर्नु, नेपालको सेयर बजारको लागि अत्यन्तै राम्रो सकारात्मक पक्ष हुन ।”

“यतिबेला केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा सार्वजनिक रुपले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरिरहेको भन्दै राष्ट्र बैंकका गभर्नरले बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालनको पछिल्लो अवस्थालाई मुल्यांकन गरेर हेर्दा समग्र सवै बैंकिङ क्षेत्र सक्षम र सवल रहेकोे बताएका छन । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित रुपले निगरानी अनुगमन गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको छ भन्दै सरोकारवाला सवैलाई ढुक्कसँग नियमितरुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले विशेष अनुरोध गर्दै नेपालको आर्थिक अवस्था निक्कै राम्रो हुँदै गईरहेको छ भन्दै निर्धक्क हुन समेत विशेष अनुरोध गरेका छन् । गभर्नर द्वारा बिशेष सम्बोधन गर्दै व्यक्त गरेको भनाई सेयर बजार र सेयर लगानीकर्ताको लागि अत्यन्तै सकारात्मक सन्देश पनि हो ।”

“अर्कोतिर सस्तोमा सेयर किन्न केही निश्चित ठुला धनी व्यक्ति, समुहहरु र केही ब्रोकर हाउसले एकआपसमा मिलेमतो गरेर नवप्रवेसी तथा साना लगानीकर्ताहरुलाई तर्साएर अत्याएर सस्तोमा सेयर बेच्न सेयर बजार नेप्से जानिबुझी घटाएका छन भन्ने कुरा विभिन्न सामाजिक संजालमा कमेन्टहरु देख्न र पढन पाईन्छ ।” “यतिबेला नेपालको सेयर बजार बारे अध्यन अनुसन्धान खोज विश्लेषण सश्लेषण मुल्यांकन बिबेचना गर्दा कुनैपनि पक्षबाट सेयर बजार नेप्से घटने कुनै आधार कारण देखिदैन । भगवानरुपीले चलाएको नेपाली सेयर बजार । धन्यवाद ”

सम्पादकीय : नारायण क्रान्ति