२०८० फागुन १२ काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा संचालित केही इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सामाजमा सद्दभाव भड्किने गतिविधि टिकटकबाट व्यापक रूपमा बढेपछि सरकारले टिकटक प्रतिबन्ध लगाएको थियो। तर केही इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक खुल्ला गरेपछि नेपाल दुरसंचार प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

सरकारले जारी गरेको निर्देशनलाई अटेर गरीरहे दूरसञ्चार ऐन २०५३ बमोजिम अटेर गर्ने दुरसंचार कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ । सरकारको निर्णय कार्यान्वयनका लागि नेपालका सबै इन्टरनेट सेवा प्रदायक कम्पनी र मोवाइल सेवा प्रदायक कम्पनी लाई प्राधिकरणले पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।