२०८० फागुन ९ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ६.४६ विन्दुले घटेर २०२६.५९ अंकमा झरेको छ । सेयर कारोबार २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । केही कम्पनीको सेयर भाउ बढेको धेरै कम्पनीको सेयर भाउ घटेको छ ।

अर्कोतिर ´सेयर मार्केटलाई झार्न केही नियोजित व्यक्तिहरुको साथ लिदै, माफियाहरुको साथ लिदै, मार्केटलाई झारेर त्यसबाट फाईदा लिने कोसिस गरिरहेका हुन्छन् ।` ´ हामीले जब उनिहरुलाई बिफल गर्न खोज्छौ उनिहरुले एउटा् ग्याङनै बनाएर केही मिडिया हाउस, केही ग्याङ मिलेर पुजिबजारको समृद्धि चाहने एउटा् व्यक्तिको चरीत्र लाई धुमिल गरेर सेवा मार्केट झार्ने काम गरेका छन ।` जस्ता भनाई सेयर बजारका केही सर्चित पुराना सेयर लगानीकर्ताको आरोप रहेको छ ।`

“यतिबेला सेयर बजार नेप्से घट्ने कुनै आधार कारण परिस्थिति नदेखीए पनि सेयर लगानीकर्ता किन डराएका छन ? खास कारण पत्ता लागेको छैन । सेयर लगानीकर्ता ‘पर्ख र हेर’कै रणनीतिमा रहेको देखिन्छन् । बैंक ब्याजदर घटनु, बिदेशी मुन्द्रा संचितिदर बढ्नु, तरलता बढ्नु, ७२ सालको भुकम्पबाट पुगेको भौत्तिक संरचनको क्षेती पुननिर्माण हुनु र कोभिडबाट भएको आर्थिक क्षेती पुर्ताल हुनु, आर्थीक अवस्था सकारात्मक लयमा हुनु, बर्तमान अर्थमन्त्रीले नेपालको आर्थिक वृद्धिदर धेरै राम्रो बनाउन आफुले ठूलो योगदान गरेको अभिव्यक्ति सार्वजनिक रुपले व्यक्त गर्नु, नेपालको गरिवीदर घटेको रिपोर्ट सार्वजनिक हुनु, सेयर बजारको लागि अत्यन्तै राम्रो सकारात्मक पक्ष हुन ।”