२०८० फागुन ९ फागुन काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवास वडा नम्बर ४ क्षेत्रमा रहेका सम्बन्धित व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई आफै हटन अनुरोध गरेको छ । काठमाडौ महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै ७ दिन भित्र ललिता निवास क्षेत्र खाली गरिदिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि सम्बन्धितहरुलाई विशेष अनुरोध गरेको हो ।

बालुवाटारस्थित ललित निवासको सरकारी जग्गा व्यक्तिको नाममा किनबेच तथा नामसारी भएको मुद्दाको सम्बन्धमा विशेष अदालतले उक्त व्यक्तिको नाममा गएको जग्गा सरकारको हुने फैसला गरिसकेको छ ।