२०८० फागुन ९ काठमाडौ । नेपालका चर्तित सेयर लगानीकर्ताको रुपमा चिनिएका दिपेन्द्र अग्रवालले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गर्दै बिजसाला अनलाइनले मेरो चरीत्र हत्या गर्यो भन्ने गुनासो व्यक्त गरेका छन । उनले उक्त भिडियो मार्फत भनेका छन । ´ मेरो बैंक खाता रोक्का भएको, ब्रोकरलाई पैसा नतिरेको , २२ नम्बर ब्रोकर बाट खाता खोलेको, विभिन्न ब्रोकरमा खाता खोलेर सेयर बजारमा चलखेल गरेको आसयका भ्रामक र झुट समाचार बिजसाला अनलाइन पत्रीकाले प्रकासित गरेर मेरो चरीत्र हत्या गर्यो` भनेका छन।

उनले भनेका छन ´मार्केट लाई झार्न केही नियोजित व्यक्तिहरुको साथ दिदै, माफियाहरुको साथ दिदै, मार्केटलाई झारेर त्यसबाट फाईदा लिने कोसिस गरिरहेका हुन्छन् ।` ´ हामीले जब उनिहरुलाई बिफल गर्न खोज्छौ उनिहरुले एउटा् ग्याङनै बनाएका छन। केही मिडिया हाउस, केही ग्याङ मिलेर एउटा् व्यक्तिको चरीत्र लाई धुमिल गरेर मार्केट झार्ने काम भएको छ । जस्ता भनाई व्यक्त गरेका छन ।`