२०८० फागुन ८ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेशले प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ विभिन्न सन्चार माध्यमहरुमा प्रकाशित हुनका साथै सम्बन्धित बिद्यालयले लिखित रुपमा जानकारी गराएपस्चात प्रदेश सभापतिले लिखित रुपमा लाल बिक्रम थापा सित जानकारी माग गरि सकेसम्म आफै यो मुद्दालाई किनारा लगाउन सुझाव गर्दा गर्दै सम्बाद प्रक्रियानै बन्द गरि कोशी प्रदेशको “सामाजिक संजाल प्रयोग निर्देशिका २०८०” को भावना र मर्म बिपरित फेसबुक लाईभ गरि अनर्गल प्रस्तुति दिनुभएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस बिज्ञप्तीमा भनिएको छ।
श्री जनता माध्यमिक बिद्यालय इटहरी – ९, सुनसरीको नाममा दर्ता कायम रहेको इटहरी उपमहानगर पालिका वडा न. ९ स्थित करिब २ कट्ठा खाली जग्गा भाडामा लिनेदिने गरि लाल बिक्रम थापा (तत्कालीन प्रदेश सद्स्य तथा महामन्त्री – रास्वपा) समेत सन्चालक रहेको सनमुन प्लाजा बिच भएको सम्झौता अनुसारको भाडा हाल सम्म नबुझाएको भनी विभिन्न सन्चार माध्यमहरुमा प्रकाशित हुनका साथै सम्बन्धित बिद्यालयले लिखित रुपमा जानकारी गराएपस्चात प्रदेश सभापतिले लिखित रुपमा लाल बिक्रम थापा सित जानकारी माग गरि सकेसम्म आफै यो मुद्दालाई किनारा लगाउन सुझाव गर्दा गर्दै सम्बाद प्रक्रियानै बन्द गरि कोशी प्रदेशको “सामाजिक संजाल प्रयोग निर्देशिका २०८०” को भावना र मर्म बिपरित फेसबुक लाईभ गरि अनर्गल प्रस्तुति दिनुभएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण हुन गएको र पार्टीको एक जिम्मेवार ब्यक्ती बाट पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गरि केन्द्रिय अनुशासन बिभाग को प. स. ०८०/८१ च. न. ८० मिति २०८०/११/०७ को पत्र अनुसार कोशी प्रदेश समितीको महामन्त्री तथा सद्स्य पद बाट अर्को निर्णय नआईन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउदछौ। अब उप्रान्त निज लाल बिक्रम थापा बाट रास्वपाको प्रतिनिधि स्वरुप गरिएका पार्टी सङ्ग संबंधित कुनै पनि कार्यहरुलाई आधिकारिकता प्रदान गरिने छैन। अर्को ब्यबस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको संगठन सम्बन्धी काम कार्बाहीहरु प्रदेश संगठन बिभाग सचिब मार्फत हुने जानकारी गराउदछौ।

कमल बाबु मैनाली
प्रबक्ता,
राष्ट्रिय स्वतन्त्र पार्टी,कोशी प्रदेश