२०८० फागुन ८ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ । केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्र बैंकले जारी गरिएको बिज्ञप्तीमा भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालनको पछिल्लो अवस्थालाई मुल्यांकन र बिश्लेषण गरेर हेर्दा समग्र सवै बैंकिङ क्षेत्र सक्षम र सबल रहेको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित रुपले निगरानी अनुगमन  गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको छ । सरोकारवालालाई ढुक्कसँग नियमितरुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले विशेष अनुरोध समेत गरेको छ ।