२०८० फागुन ७ काठमाडौ । आज नेपालमा प्रजातान्त्र दिवस देशभर सार्वजनिक विदा दिएर मनाइएको छ । आज नेपालमा प्रजातान्त्र आएको दिन हो । आजको दिन नेपाली नागरिकले नेपालभर शान्तिपुर्ण ढंगले कुनैपनी बिरोध प्रदर्शन, नारा, जूलूस धर्ना बस्न पाउने हक अधिकार स्थापित भएको दिन पनि हो । आज नेपालभर प्रजातान्त्र दिवसको उपलक्ष्यमा खुसियाली शुभकामना साटासाट गर्दै विविध कार्यक्रम गर्दै नेपाली सेनाले काठमाडौको आकाशमा हेलिकप्टरको खुट्टामा प्रजातन्त्र लेखेको ब्यानर परिक्रमा प्रदर्सन गराएर प्रजातन्त्र दिवस मनाएको छ ।
अर्कोतिर काठमाडौको माईतिघरमा केही युवायुवती, नागरिक, बौद्धिक समाजले ´अजित मिजारको हत्यारा लाई कारबाही गर` भन्दै शान्तिपुर्ण ढङ्गले बिरोध प्रदर्शन गर्दा नेपालको गणतान्त्रिक सरकारले सयौं प्रहरी लगाएर खोजीखोजी लखेटीलखेटी बल प्रयोग गरेर नागरिक धरपक्कड र गिरफ्तार गरेको छ ।