२०८० फागुन ७ काठमाडौं । नेपाली कांग्रेस महासमितीको बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ । उक्त बैठकमा
हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेका छन ।
प्राप्त समाचार अनुसारको केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको छ।
´सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’ का संयोजक भण्डारी सहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेको समाचार छ ।
हिन्दू राष्ट्रको एजेण्डालाई विशेष पूरक प्रस्तावको पक्षमा ललितपुरको गोदाबारीमा सुरु भएको बैठकमा महासमितिका सदस्यहरुलाई हस्ताक्षर गराउने अभियान समेत चलाइएको छ ।