२०८० फागुन ६ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण र प्राविधिक बिषय समूह तर्फका नयाँ र पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ । २०८१ वैशाख १४ गते देखि परिक्षा सुरु भएर वैशाख २६ गते समाप्त हुने कार्यतालिका सारहीन गरेको छ ।

सुरुको दिन अनिवार्य बिषय अंग्रेजी र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने समेत जनाएको छ । र सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिका सार्वजनिक भएको छ ।

[कार्यतालिका पढ्नुस]:-