२०८० फागुन ६ काठमाडौं । नेपाली बैंकरहरूले बैंकिङ क्षेत्रलाई नराम्रो बनाउने उदेश्य र खराव मानसिकताले केही व्यक्ति समुह बाट अराजक गतिविधि भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

बैंकरहरुले नेपालका बैंक, वित्तीय संस्था र लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको, बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित रहेको जनाएका छन । सामाजिक सञ्जालमा प्रेषित गरिएका केही भ्रामक, गलत खराब मानसिकताका अभिव्यक्तिहरु प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्ती जारी गरेर बताएका छन् ।

आज नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था सुरक्षित रहेको जनाएका छन् ।

बैंकर संघले जारी गरिएको बिज्ञप्तीमा भनिएको छ ´सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारसँग आग्रह गर्दछौं भनिएको छ।`