२०८० फागुन ५ काठमाडौ । निष्ठाको राजनिती गर्ने डा.गोविन्द केसी सहितको टिम द्वारा काठमाडौको सिंहदरबारको अगाडि माईतिघर मण्डलमा कुनैपनि बिरोधको कार्यक्रम गर्न नपाउने भनि जिल्ला प्रशासन कार्यलय काठमाडौले घोषणा गरेको निषेधित एरियामा भद्र अवेज्ञा आन्दोलन जारी राखेका छन ।

डा.गोविन्द के.सी सहितको टिम द्वारा सुरु गरिएको भद्र अवेज्ञा आन्दोलनमा तथा सवै नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गराउने अभियानमा वरिष्ठ कानुनवीद तथा अधिवक्ता: भुबनेश्वर थापा, पुर्व जिल्ला न्यायाधीश तथा वकिल: कृष्ण प्रसाद पौडेल, विभिन्न पेशामा आबद्द बैंकर तथा समाजसेवी: श्याम के.सी,कलाकार, पत्रकार, शिक्षकको सहभागीता रहेको छ ।

उक्त अभियानमा ´सवै नेपालीहरुलाई निशुल्क औषधि उपचारको व्यवस्था गर !, ससस्त्र द्वन्द्वका पिडितलाई न्याय पिडकलाई सजाय !, निषेधित लोकतन्त्र चाहिदैन, लोकतन्त्र जिन्दावाद !, सत्ता तिम्रो हो भने सडक मेरो हो ! , माईतिघरको निषेधआज्ञा तत्काल फिर्ता गर !, Justice Aarti Sah जस्ता नारा र माग लेखिएका प्लेकार्ड सहित सान्तिपुर्ण रुपले प्रदर्शन भैईरहेको छ ।

प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकार र युवट्युवरले सोधेको प्रश्नमा डाक्टर: गोबिन्द केसी भन्नू हुन्छ: ´यो आन्दोलन मेरो भन्दानि तीन करोड नेपाली सग सम्बन्धित छ` । ´अहिले नेपालको राजनीति सेवाको भावको छैन पेशाको रुपमा छ ।` ´ जनताप्रती राजनीति समर्पित छैन।` ´शिक्षा स्वास्थ्यको लागि मात्रै होईन सुसासन सामाजिक न्यायको लागि म लडिरहेको छु।` ´यतिबेला सरकार राजनीतिक नेतृत्व देश लुट्नमा व्यस्त छ ।` ´राज्य सरकार निरङकुस र तानाशाही भयो ।` ´युनाईटे नेसनले दिएको डेटा अनुसार ससस्त्र द्वन्द्वको बेला नेपालमा करिब तेह्रजार दुईसय (१३२००) मरे, तेह्रसय १३०० बेपत्ता भए सत्र हजार होईन ।` जस्ता भनाई व्यक्त गरेका छन ।

सवै नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गराउने अभियान सफल पार्न सक्रिय भएर लागेका वरिष्ठ कानुनविद तथा अधिवक्ता भुबनेश्वर थापाले भन्नू भएको छ ´लोभ नभएका निष्ठाको राजनीति गर्ने वरिष्ठ डाक्टर: गोबिन्द केसीको नेतृत्वमा सुरु भएको सवै नेपालीलाई निशुल्क औषधी उपचारको व्यवस्था गर् भन्ने माग महान पवित्र जनहितकारी लोककल्याणकारी अभियान भएकाले सवै नेपालीले आग्रह, पुर्वाग्रह, रिस, राग, आवेग उत्तेजना छाडेर निस्वार्थ भावनाले आन्दोलनमा आवद्ध भएर माग पूरा गर्न सवै नेपालीहरुलाई आह्वान समेत गर्नु भएको छ ।