२०८० फागुन ४ काठमाडौं । सरकारी जग्गा ललितानिवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई विशेष अदालतले २ बर्ष जेल सजाय हुने ठहर गरेको छ ।

बिशेष अदालतका सदस्यहरु डा. खुसी प्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गरेको बिशेष अदालत श्रोतले जनाएको छ ।

मीन बहादुर गुरुङलाई २ बर्ष जेल सजाय र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने आदेश भएको बिशेष अदालत श्रोतले जनाएको छ ।

गुरुङका सहयोगी भनिएका रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि २ वर्ष जेल र ८० लाख ४८ हजार रुपैयाँ जरिवना गराउने फैसला भएको अदालत श्रोतले जनाएको छ । उनीहरुलाई सरकारी जग्गा सट्टा भर्ना गर्ने कार्यमा संलग्न मतियार रहेको र आफ्नो र परिवारको नाममा जग्गा पास गरेको अभियोग लागेको छ ।