२०८० फागुन ४ काठमाडौ । देशका ठुला ओहोदामा रहेका ठुला भिआईपी, ठुला मानिस बिरामी पर्दा लाखौं करोडौं राज्यको पैसा खर्च गरेर स्वदेश तथा बिदेशमा निशुल्क स्वास्थ उपचार गरिरहेको अबस्थामा वरिष्ठ डाक्टर: गोबिन्द के.सी. ले यतिबेला काठमाडौको माईतिघर बाट सवै नेपालीहरुलाई ´निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर` भन्दै सान्तिपुर्ण रुपले विभिन्न व्यानर प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् ।

डाक्टर: गोबिन्द केसी “एक अर्थोपेडीक सर्जन तथा समाजसेवी, त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्ने, स्वास्थ क्षेत्रको आमूल परिवर्तनको खातिर धेरै पटक अनसन बस्ने, नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्ने, लोभ नभएका, सदाचारी, त्यागी, ईमन्दार वरिष्ठ डाक्टर हुन ।

डाक्टर: केसी यतिबेला सम्पुर्ण नेपालीहरुलाई निशुल्क औषधि उपचारको व्यवस्था गर भन्ने माग सहित सान्तिपुर्ण आन्दोलनमा उत्रीएका छन । उनले उठाएका माग पूरा गराउन सवै नेपालीहरु, सवै राजनीतिक दलहरु एकजुट भएर हातमा-हात, काधमा-काध मिलाएर, रिस, राग, आवेग, प्रतिसोध, उत्तेजना, पुर्वाग्रह सवै त्यागेर एकआपसमा मिलेर जर्याक्क जुरुक्क उठौ , जागौ ।

डाक्टर गोबिन्द केसी द्वारा उठाईएका माग: ´सवै नेपालीहरुलाई औषधी उपचार निशुल्क गर् ` भन्ने माग नेपाली जनताको हितमा रहेको छ । उहाँको माग मानव धर्म, लोककल्याणकारी , जनहितकारी जायज माग हुन दुईमत छैन ।