२०८० फागुन ४ काठमाडौं । ललितपुरको बालकुमारी घटना सम्बन्धि सत्यतथ्य जाँचबुझ गर्न नेपाल सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज प्रतिवेदन बुझाएको छ ।

उच्च अदालत पाटनका पूर्व-न्यायाधीश सेखर प्रसाद पौडेल अध्यक्ष तथा पूर्व-अतिरिक्त प्रहरी-महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सह-सचिव नारायण प्रसाद भट्टराई रहेको आयोगले आज प्रतिवेदन बुझाएको छ ।

२०८० पुस १३ गते दिउँसो ललितपुरको बालकुमारीमा रहेको ई.पी.ए.स कोरिया साखा कार्यालयमा परीक्षा फारम भर्ने विषयमा भएको प्रदर्शनमा अछामका बिरेन्द्र शाह र दैलेख जिल्लाका सुजन रावत को प्रहरी सग भएको झडपमा उपचारको क्रममा मृत्यु भएको घटनालाई नेपाल सरकारले २०८० पुस १६ गते जाँचबुझ गर्न आयोग बनाएको थियो ।

जाँचबुझ आयोगले आज प्रेस बिज्ञप्ती जारी गर्दै प्रतिवेदन बुझाएको जनाएको हो।