२०८० फागुन २ काठमाडौं । सेयर बजार नेप्से सूचक ५.५१ विन्दुले बढेर २०७६.५० अंकमा आज बजार बन्द भएको छ । सेयर कारोबार ४ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । केहि कम्पनीको सेयर भाउ घटेको छ भने केहि कम्पनीको सेयर भाउ बढेको छ ।
राष्ट्र बैंकले तरलता खिचेको खवरले सेयर लगानीकर्ता डराएका छन । बैंकमा बढेको तरलता सेयर बजारमा लगानी हुनेमा सेयर लगानीकर्ता आशावादी थिए। बैंकहरुले व्याजदर घटाएपछी नेप्से बढछ भन्ने आशा बिपरित नेप्से लगातार घटीरहेको छ ।
“बैंकमा तरलता वृद्धि हुनु, बैंकहरुले व्याजदर घटाउनु बैंकहरुले लामो समय सम्म व्याजदर नबढाउने स्थिर नीति ल्याउनु सेयर बजारको लागि अत्यन्तै सकारात्मक सन्देश हुन ।”