२०८० माघ २९ काठमाडौ । ´बिकृती बिसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिका व्यावसायिक हक प्रतिष्ठा र पेशागत मर्यादा` भन्ने मुल नारा सहित नेपाल बार एसोसिएसन र जिल्ला बार एसोसिएसनले न्यायलय भित्र हुने भ्रष्टाचारको विरुद्ध बिरोध प्रदर्शन गरेको छ । नेपाल बार एसोसिएसनले न्यायलय र अदालत भित्र हुने गरेका भ्रष्टाचारको कालो ब्यानर सहित बिरोध गरेको जनाएको छ ।

नेपाल बार एसोसिएसन र जिल्ला बार एसोसिएसनले कालो ब्यानरमा विभिन्न माग सहित बिरोध प्रदर्शन गरेको छ ।

(कालो ब्यानरमा उल्लेख भएका बुदाहरु):-
(क) न्यायपरिषद नियमावलीमा भएको गैर सवैधानिक र गैर न्यायिक संसोधन तत्काल खारेज गर ।

(ख) न्यायलयमा व्याप्त भ्रष्टाचार,विकृती,बिसंती अन्त्य गरि न्यायीक स्वच्छता कायम गर।

(ग) मुलुकी फौजदारी कार्यबिधी संहिता,२०७४ को दफा १५५ मा भएको संसोधन खारेज गरि पूर्ववत् व्यवस्था लागू गर।

(घ) बिगो जरिवाना तिरेपछि पश्चात् मात्र पुनरावेदन मुद्दा दोहोर्याई पाँउ निवेदन गर्ने स्वच्छाचारी र गैरन्यायिक कार्य अन्त्य गर ।

“नेपाल बार एसोसिएसन जिल्ला बार एसोसिएसनले स्थापनाकाल देखिनै न्यायलय र अदालत भित्र भ्रष्टाचार जन्य कार्य भैईरहेको भन्दै सच्चिनको लागि न्यायलय र अदालत क्षेत्रलाई आग्रह गर्दै आएको छ ।”