२०८० माघ २९ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १५.३३ विन्दुले बढेर २१०१.१६ अंकमा बन्द भएको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । समग्रमा केही कम्पनीको सेयर भाउ बढे पनि केहि कम्पनीको सेयर भाउ घटेको छ

यतिबेला बजार घट्नुपर्ने कुनै आधार कारण नदेखिए पनि बजार घटिरहेको छ । बजार घटेको होईन घटाईएको हो भन्छन् अनुभवी सेयर लगानीकर्ता । तरलता बढ्दो, राष्ट्र बैंकले पैसा बजार बाट खिच्दै आफ्नै ढिकुटीमा खिच्नु, बिदेशी मुन्द्राको संचित बढ्दो, बियरिस ट्रेन दुई बर्ष हुनु, सेयर लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्था रहनु बजार घटने भन्दा बढ्ने धेरै संभावना रहेको छ ।