२०८० माघ २६ काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली भएको समाचार सार्वजनिक भए सगै गभर्नर अधिकारी माथी छानबिन गरेर कारबाही हुनुपर्ने सार्वजनिक माग भैईरहेको अबस्थामा गभर्नर अधिकारीको शैक्षिक प्रमाणपत्र छानबिन गरेर कारबाही गर्न सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

´गभर्नरको शैक्षिक प्रमाणपत्र नक्कली भएको, गभर्नर हुन अयोग्य भएको` भन्दै छानबिन गरेर कारबाही गर्न माग सहित युवराज पौडेल (सफल)ले मिति २०८० माघ २५ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन ।

परमादेश उत्प्रेषण लगाएत जे जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरि पाँउ भन्ने शिर्षकमा प्रधानमन्त्रीको कार्यलय, अर्थमन्त्रालय, राष्ट्र बैंक, शिक्षाअध्यक्षको कार्यलय, त्रिभुवन विश्व बिद्यालय कृतिपुरलाई बिपक्षी बनाईएको निवेदनमा उल्लेख रहेको छ ।